समायोजन खबर,पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता शाह विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्
उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। प्रहरीले शाहलाई पक्राउ गर्न सर्कूलर जारी गरेपनि उनलाई प्रहरीले भेट्टाउन सकेको छैन। बुधबार कीर्तिपुरमा भएको ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पनि पलले शाह उपस्थित भएका थिएनन्।
महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भने पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ । एक प्रहरी अधिकृतले भने, ‘पल शाहलाई पक्राउ गर्न बुधबारै पक्राउ पूर्जी जारी भएको छ, हामीले खोजी रहेका छौँ, सम्भावित स्थानमा प्रहरी परिचालन गरेका छौँ, तर अहिले सम्म उनी पक्राउ परेका छैनन्।’
यता शाहले आफूमाथि गरिएको षड्यन्त्र गरिएको बताएका छन्। उनले फेसबुकमार्फत केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा आफूमाथि सुन्न नसकिने खालको कुरा गरेको उल्लेख गरेका छन्।
उनले आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार भएको उल्लेख गरेका छन्।
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ। पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ।
शाहविरुद्ध पीडितका आफन्त प्रहरी कार्यालय पुगेर बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए । पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology