• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा १४ वर्षीय किशोरले चलाएको ट्याक्टर दुर्घट्ना,चालककै मृत्यु

खोटाङमा १४ वर्षीय किशोरले चलाएको ट्याक्टर दुर्घट्ना,चालककै मृत्यु


समायोजन खबर
  • सोमबार, फाल्गुन २ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा चालकको ज्यान गएको छ। ट्याक्टरका चालक हलेसी तुवाचुङ नगरपालिका–१० अर्खोले नौलपुरका १४ वर्षीय ‘सिटामोल’ भनिने शेखर मगरको घट्नास्थलमै ज्यान गएको हो।

    सोमबार बिहान १०ः१५ वजेको समयमा सोही नगरपालिका–७ महादेवस्थानको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ७५ मिटर तल झरेर दुर्घट्ना हुंदा मगरको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

    ट्याक्टरमा सवार ट्याक्टर धनी महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाईते भएका छन्। हलेसीस्थित हेल्थ केयर मेडिकलमा उपचाररत राईलाई आजै थप उपचारका लागि हेलिकोप्टरमाफर्त काठमाण्डौ पठाईएको छ। राईको देब्रे हात भाँचिएको र छाती तथा मेरुदण्डमा क्षति पुगेको छ।

    बुवाआमा मजदुरी गर्ने भएकाले मृतक चालक राईको घरमा बसेर सघाउँदै आएका थिए। उनी ट्याक्टर चलाउनमा अनुभवी नरहेको श्रोतले बताएको छ। कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    यसैविच, जिल्लामा सबैभन्दा बढी ट्याक्टर दुर्घट्ना हुने गरेको छ। ग्रेड नमिलेका भित्री सडक, सवारी चालक अनुमति पत्र नभएकाले ट्याक्टर चलाउनु, ट्याक्टर धनीले सवारी चालक अनुमति पत्र भए/नभएको जाँच नगरी जोसुकैलाई ट्याक्टर चलाउन दिनुले ट्याक्टर दुर्घट्ना बढी भएको हो।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख दल बहादुर खत्रीका अनुसार चैतयता ९ वटा ट्याक्टर दुुर्घट्ना हुंदा ५ जनाले ज्यान गुमाएका छन्। माघ महिनामा मात्रै बिना लाईसेन्स ट्याक्टर चलाएका ५६ जनालाई कारवाही गर्दा ४० हजार राजस्व संकलन भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology