• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२४ दिनपछि हलेसी मन्दिर खुला

२४ दिनपछि हलेसी मन्दिर खुला


समायोजन खबर
  • आइतबार, फाल्गुन १ २०७८

  • हलेसी मन्दिरको प्रवेशद्धार।

    समायोजन खबर खोटाङ, पूर्वको पशुपतिनाथले प्रसिद्ध खोटाङको हलेसी मन्दिर खुला गरिएको छ। कोरोना भाईरसको संक्रमण दर क्रमशः घटिरहेकाले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिर आईतबार(आज)बाट खुला गरिएको हो।

    माघ २७ गतेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसीएमसी)को बैठकको निर्णय अनुसार २४ दिनपछि हलेसी मन्दिर खुला गरिएको डिसीएमसी संयोजक एवंम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो। प्रजिअ दाहालका अनुसार आजदेखि हलेसी मन्दिरसहित मठ, मन्दिर, गुम्बा, चर्च र विद्यालय पनि सञ्चालन गरिएको छ। हाटबजार, मेला भने खुला गरिएको छैन।

    हलेसी मन्दिर खुलेसँगै एक पटकमा बढीमा १५ जना नबढ्ने गरी दर्शनार्थी प्रवेश गर्न पाउने छन्। कोरोना भाईरसको तेश्रो लहरको संक्रमण दर बढेको भन्दै ७ माघबाट हलेसी मन्दिर सहित जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च बन्द गरिएको थियो।

    बन्दको समयमा विहान, बेलुका बाल पुजारीबाट नित्य नैनित्य पूजा भने हुदै आएको थियो। जस्तोसुकै परिस्थतीमा पनि नित्य नैनित्य पूजा भने हुंदै आएको छ। विषम परिस्थितिमा पनि बाल पुजारीबाट हुने नित्य नैनित्य पूजा अहिलेसम्म नरोकिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताउनुभयो।

    त्रिधार्मिक स्थल हलेसी मन्दिरमा नेपाल बाहेक चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिका लगायतका मुलुकबाट श्रद्धालु भक्तजन तथा पर्यटक आउने गर्छन्। हलेसी मन्दिर खुलेपछि पर्यटक तथा श्रद्धालु भक्तजन हलेसी आउने र त्यसबाट होटल व्यवसायीहरुलाई जनजिवीका चलाउन सहज हुने होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology