समायोजन खबर खोटाङ, प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले एमसीसी यथास्थितिमा पास गर्न नहुने बताएका छन्। मुलुकको सन्दर्भमा एमसीसी उपर्युक्त नभएकाले यथास्थितिमा एमसीसी पास गरे मुलुकको सार्वभौमसत्ताका निम्ति चुनौतीको विषय हुने भएकाले यथास्थितीमा पास गर्न नहुने बताए।
नेकपा एकिकृत समाजवादी पार्टीबाट भर्खरै सामाजिक विकास मन्त्री भएपछि गृह जिल्ला खोटाङमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा राईले एमसीसी यथास्थितिमा पास गर्न नहुने पार्टीको धारणा रहेको बताए। सांसद, मन्त्री तपशिलका विषय हुन्। सांसद, मन्त्री जुनसुकै बेला छोडदिन, फ्याक्दिन सकिन्छ। तर, देशको सार्वभौमसत्ता जोगिनुपर्छ। समाजवादी पार्टीका पोलिटव्युरो सदस्य समेत रहेका राईले भने, ‘हाम्रो दल चाँहि एमसीसीलाई कुनै हालतमा पास गर्न हुदैन भन्नेमा छ।’
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता छ। गठबन्धन जोगाउन हर प्रयत्न गर्छौ। तर, एमसीसीको सवालमा गठबन्धन हो भने गठबन्धनको पनि हामीलाई आवश्यकता छैन। एमसीसीको सन्दर्भमा हाम्रो प्रष्ट धाराणा छ। एमसीसी पास हुन नदिन कै लागि १ फागुनमा देशव्यापी विरोध कार्यक्रम रहेको राईले जानकारी दिए।
प्रदेशको नामाकरणका विषयमा घनिभुत रुपमा छलफल सुरु भएको र प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवलाई नामको सन्दर्भमा छलफलका लागि जिम्मेवारी दिईएको छ। प्रदेशको नामका विषयमा घनिभुत छलफल हुन्छ। राईले भने, ‘मेरो व्यक्तिगत धारणा चाँहि पहिचान र भुगोलका आधारमा नाम ल्याउँदा उपर्युक्त हुन्छ भन्ने हो।’
प्रदेश नामाकरण अहिलेको सरकारको प्रमुख दायित्व हो। एक किसिमले लाज लाग्ने स्थिति भईसकेको छ। अन्य सबै प्रदेशको नामाकरण भईसक्यो। तपाईहरु चाँहि नाम राख्नै नसक्ने भनेर चौतर्फी दबाब आईरहेको छ। नामकै विषयमा लिएर अन्य ठाउँमा गिल्ला गर्ने स्थिती भईसक्यो। आफू प्रदेशको मुकाम फर्केपछि घनिभुत रुपमा छलफल अगाडी बढ्ने। मन्त्री राईले बताए।
गठबन्धन सरकारभित्रै प्रदेशको नामको विषयमा एकमत नदेखिएकाले अलिक अफ्ठ्यरो भए पनि गम्भीरतापूर्वक लागिरहेको र प्रदेशको नाम दिनु नै यो सरकारको प्रमुख दायित्व भएको उनको भनाई छ। सामाजिक विकास मन्त्रीको जिम्मेवारी लिएपछि एक्सनपूर्ण काममा लागेको र योग्यता नपुगेपछि प्रदेश खेलकुद परिषद सदस्य सचिव पर्शुराम बस्नेतलाई स्पष्टीकरण सोधिएको राईले बताए।
पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको ब्याण्ड भर्सेस ब्राण्ड हल्ला धेरै काम थोरै भएको राईको भनाई छ। उहाँले विधेयक ल्याउन प्रयत्न नै गर्नुभएन। हल्लाको खेती गरियो, काम गरिएन। राईले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology