समायोजन खबर खोटाङ,खोटाङमा थप ३ जनामा कोरोना संक्रमण पूष्टि भएको छ। सोमबार १२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो।
आज जिल्लाको विभिन्न स्थानबाट १४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय खोटाङका कोरोना फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार जिल्लाभर संक्रिय संक्रमितको कुल संख्या १९३ जना पुगेको छ।
१ जना संक्रमित संस्थागत क्वारेन्टाइनमा छन् भने १९२ जना संक्रमितहरु होम आईसोलेसनमा छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
पहिलो, दोश्रो र तेश्रो लहरको कोरोना संक्रमित भई निको हुनेको संख्या ३ हजार १९६ जना पुगेको छ। हालसम्म ३ हजार ४०७ जना संक्रमित भएका छन्। पहिलो र दोश्रो कोरोना लहरबाट जिल्लाभर १५ जनाको मृत्यु भएको छ।
कोरोना विरुद्धको पहिलो मात्राको खोप १ लाख १६ हजार ६८९ जनाले लगाएका छन भने, कोरोना विरुद्धको दुबै मात्राको खोप ६७ हजार २९ जनाले लगाएका छन्। जिल्लाभर २३४ वटा बेड, भेन्टिलेटर १ वटा, एम्बुलेन्स ७ वटा, अक्सिजन सिलिण्डर २ सय वटा र अक्सिजन कन्सन्ट्रेटर ३७ वटा उपलब्ध रहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology