• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फागुन १ गतेदेखि विद्यालय खोल्न सिफारिस

फागुन १ गतेदेखि विद्यालय खोल्न सिफारिस


समायोजन खबर
  • आइतबार, माघ २३ २०७८

  • समायोजन खबर, कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आउँदो फाउने १ गतेदेखि शैक्षिक संस्था खोल्न सिफारिस गरेको छ। सीसीएमसीसीको आज आइतावारको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो।

    कोरोना भाइरस सङ्क्रमणका कारण माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म पाँच दिन भने विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

    यस्तै आजको बैठकले काठमाण्डौ उपत्यकाभित्रका निजी गाडीमा भोलि सोमवारदेखि नै लागरू हुने गरी जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ। कोरोना सङ्क्रमण दर घट्दै गएको भन्दै सीसीएमसीको आज बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो।

    यस्तै रात्रिकालीन व्यवसाय र खेलकुद क्षेत्र पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको छ। खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत राख्न पाउने, पार्टी प्यालेसहरू बढीमा कुल क्षमताको २५ प्रतिशत मानिस राखेर सञ्चालन गर्न सीसीएमसीसीले सिफारिस गरेको छ। यस्तै डान्स बार, दोहोरी, नाच घर, सिनेमा हल, जिम खाना, स्विमिङ पुल फागुन १ गतेदेखि राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी व्यवस्था गर्नका लागि सिफारिस गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology