• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन,भाडादर तोकियो

केपिलासगढी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन,भाडादर तोकियो


समायोजन खबर
  • शुक्रबार, माघ २१ २०७८

  • केपिलासगढी गाउँपालिकाले खरीद गरेको एम्बुलेन्स।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। गाउँपालिकाभित्रका बिरामी तथा असक्तहरुलाई घरैबाट सुविधा सम्पन्न स्वास्थ्य संस्थासम्म लैजान र ल्याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

    आर्थिक वर्ष २०७७/०७८ को १० लाख ७९ हजार ७५५ रुपैयाँ बजेटबाट खरीद गरिएको एम्बुलेन्स सञ्चालनका लागि बिहीबार कार्यपालिकाको बैठक बसेर ‘एम्बुलेन्स सेवा सञ्चालन कार्य विधि २०७८’ पारित गरी शुक्रबारबाट गाउँपालिकाको मातहतमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ। कोरोनाका महामारीका कारण खरीद प्रक्रिया ढिला हुंदा एम्बुलेन्स केही समय ढिला आईपुगेको हो।

    गाउँपालिकाले एम्बुलेन्स चालकको व्यवस्थापन गर्दै भाडादर तोकेको छ। कच्ची सडकमा प्रति किलोमिटर १५० रुपैयाँ र पक्की सडकमा प्रति किलोमिटर ६५ रुपैयाँ भाडादर तोकिएको गाउँपालिकाका हेल्थ असिस्टेन्ट चुडामणी जैसीले बताउनुभयो।

    गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले बिरामीहरुलाई धरान, विराटनगर, काठमाण्डौ लगायत जिल्ला बाहिर रिफर गरेमा बाक्सिलादेखि हुर्लुङसम्मको सडकमा भने पक्की सरहको भाडादर लाग्नेछ।

    गाउँपालिकाभरीका जनतालाई सुविधा दिनका लागि एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो। अब बिरामीहरुले हिडेर तथा अन्य गाडी खोजेर महंगो भाडा तिरेर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता हटेको अध्यक्ष राईले बताउनुभयो।

    यसैवीच, साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेंशी गाउँपालिकाले पनि आफ्नै बजेटमा एम्बुलेन्स खरीद गरी पालिकाबासीहरुलाई सुविधा दिईरहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology