• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

खोटाङमा संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी


समायोजन खबर
  • बिहिबार, माघ २० २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङमा कोरोना संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएका छन्। बिहीबार २१ जना कोरोना संक्रमित हुंदा २८ जना संक्रमणमुक्त भएका छन्।

    आज जिल्लाको विभिन्न स्थानमा ६३ जनाको एन्टीजेन परीक्षण गर्दा २१ जनामा कोरोना पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोरोना फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार जिल्लाभर संक्रिय संक्रमितको कुल संख्या २३२ जना पुगेको छ।

    संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु होम आईसोलेसनमा छन्। पहिलो, दोश्रो र तेश्रो लहरको कोरोना संक्रमित भई निको हुनेको संख्या ३ हजार १२२ जना पुगेको छ। हालसम्म ३ हजार ३७१ जना संक्रमित भएका छन्। पहिलो र दोश्रो कोरोना लहरबाट जिल्लाभर १५ जनाको मृत्यु भएको छ।

    कोरोना विरुद्धको पहिलो मात्राको खोप १ लाख १६ हजार ६८९ जनाले लगाएका छन भने, कोरोना विरुद्धको दुबै मात्राको खोप ६७ हजार २९ जनाले लगाएका छन्। जिल्लाभर २३४ वटा बेड, भेन्टिलेटर १ वटा, एम्बुलेन्स ७ वटा, अक्सिजन सिलिण्डर २ सय वटा र अक्सिजन कन्सन्ट्रेटर ३७ वटा उपलब्ध रहेको छ।

    यसैविच, आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै ४५ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको छ । यस नगरपालिकामा मात्रै कुल संक्रमित २०७ जना पुगेको छ। आज २७ जनासहित ७१ जना कोरोनामुक्त भईसकेका छन्। १३६ जना संक्रिय संक्रमित होम आइसोलेसनमा छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology