समायोजन खबर खोटाङ,खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईलले माझी समुदायलाई न्यानो कपडा वितरण सुरु गरेका छन्। नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा एमाले खोटाङको इन्चार्ज समेत रहेका भट्टराईले जिल्लामा रहेका सम्पूर्ण सीमान्तकृत माझी समुदायलाई पु¥याउनेगरी न्यानो कपडा वितरण गरेका हुन्।
सुनकोसी नदी किनारका माझी समुदायका बालबालिका, महिला र बृद्धबृद्धाहरुलाई लक्षीत गर्दै ३३ परिवारलाई चिसोबाट बच्नका लागि ब्ल्याङकेट, तन्ना, लत्ताकपडा वितरण गर्नुभएको भट्टराईको सचिवालयले जानकारी दिएको छ।
हालसम्म खोटेहाङ गाउँपलिका–९ लिच्कीराम्चेस्थित फोक्सिङटार र रसुवाबजार दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भण्डारेघाट र रमाईलो तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको भाडबेशीमा रहेका माझी समुदायलाई न्यानो कपडा वितरण गरिएको हो।
भट्टराईले आफ्नो व्यक्तिगत लगानी र केही दाताहरुको सहयोगमा प्राप्त भएको न्यानो कपडा वितरण गर्नुभएको हो। न्यानो कपडा वितरण कार्यक्रम सम्पूर्ण माझी समुदाय भएको ठाउँमा गरिनेछ। न्यानो कपडा पाएपछि चिसोमा रातदिन काटिरहेका माझी समुदाय हर्षित भएका छन्। पछिल्लो समय मौसम बदलीका कारण अत्याधिक चिसो बढेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology