• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज तामाङ समुदायको सोनाम ल्होसार,सरकारद्वारा सार्वजनिक बिदा

आज तामाङ समुदायको सोनाम ल्होसार,सरकारद्वारा सार्वजनिक बिदा


समायोजन खबर
  • बुधबार, माघ १९ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन्। सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ।

    तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ भने देशका अन्य भागमा पनि ल्होसार मनाइने गरिन्छ। तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउने गरिन्छ। कोरोना भाइरस ९कोभिड–१९०को महामारी रोक्न तथा नियन्त्रण गर्न सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पर्व मनाउन आग्रह गरिएको छ।

    यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओली, अन्य दलका प्रमुख नेता तथा अन्य नेताहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology