• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मैत्रीपूर्ण फुटबल : नेपालले मोरिससलाई हरायो,चार जनालाई रेड कार्ड

मैत्रीपूर्ण फुटबल : नेपालले मोरिससलाई हरायो,चार जनालाई रेड कार्ड


समायोजन खबर
  • मंगलबार, माघ १८ २०७८

  • समायोजन खबर, तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो। नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो।

    १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो। नविन गुरुङले प्रहार गरेको कर्नर मोरिससका खेलाडीबाट रिबाउन्ड आएपछि आशिष लामाले प्रहार गरे। आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए।

    मैत्रीपूर्ण खेलमा मौरिससबिरुद अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन्। यो उनको राष्ट्रका लागि तेस्रो गोल समेत हो। यसअघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए। सुजनले यस अघि टिमोर लिस्टे र लाओसबिरुद्द गोल गरेका हुन्।

    लगत्तै अर्को मिनेटमा मोरिससले पेनाल्टीमा गोल गर्ने सुनौलो अवसर गुमायो। नेपाली डिफेन्डर दिनेश राजवंशीले लिन्सले ब्रेजमाथि १८ यार्ड बक्सभित्र फउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो। तर, मोरिससका कप्तान एन्डि सोफीले गरेको प्रहार नेपाली कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे।
    ३६औं मिनेटमा तेज तामाङले करिब २५ यार्डबाट गरेको प्रहार पोस्टको केही इन्च परबाट बाहिरियो। ३९औं मिनेटमा पुजनले प्रहार गरेको फ्रिकिकलाई अफ मार्क रहेका दर्शन गुरुङले गरेको हेड बारमाथिबाट बाहिरियो।

    ५१औं मिनेटमा मोरिससका भासिस्ट क्यालकाटाले बक्स बाहिरबाट गरेको प्रहार किरणले बचाए। ६८औं मिनेटमा एन्डि सोफीेले गरेको सशक्त प्रहार जोगाउँदै किरणले नेपालको संकट टारे।

    खेलको दोस्रो हाफ निकै तनावपूर्ण बन्यो। दोस्रो हाफको ७१औं मिनेटमा हात हालाहालमा उत्रिए पछि रेफ्रीले दुबै देशका एक एक खेलाडीलाई रातो कार्ड देखाए। नेपालका पुजन उपरकोटी र मोरिससका एड्रियन बोटलरले रातो कार्डको दर्शन गरे। यसै बेला रेफ्री नबिन्द्र महर्जनले नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्ललाई समेत रातो कार्ड दर्साए ।

    ७९औं मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेलो कार्डपछि रातो कार्डको दर्शन गरे। उनले ६२औं मिनेटमा पहिलो पहेलो कार्ड बेहोरेका थिए। ८९औं मिनेटमा फ्लड लाइटको लक्स घटेपछि खेल करिब १० मिनेट अवरुद्ध बनेको थियो। दोस्रो खेलमा प्लेइङ सेटमा खेल्दै नवीन गुरुङले डेब्यु गरे। जारी लिगमा एन आर टी क्लबबाट खेलिरहेका राइट ब्याक नबिन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology