• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनको मिति तोक्न अनेरास्ववियुको माग

स्थानीय तहको निर्वाचनको मिति तोक्न अनेरास्ववियुको माग


समायोजन खबर
  • सोमबार, माघ १७ २०७८

  • प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाउदै विधार्थी नेताहरु।

    समायोजन खबर खोटाङ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन खोटाङले स्थानीय तहको निर्वाचनको मिति तोक्न माग गरेको छ। संविधानको भावना र मर्मलाई बोध गरी तुरुन्तै निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको हो।

    खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउँदै निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराईएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष यम खड्काले बताए।

    संविधान विपरीत प्रतिगामी सत्ता गठबन्धनको विभिन्न बहानाबाजीमा निर्वाचनबाट पराजित हुने डरबाट त्रसित गठबन्धन सरकारलाई स्थानीय निर्वाचनको मिति तोकेर संविधानको रक्षा गर्दै कार्यन्वयन गर्नका लागि अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गराएको छ।

    अनेरास्ववियु सुशासन, राष्ट्र, राष्ट्रियता र संविधान रक्षामका निम्ति सडकको बाघको भूमिका खेल्दै आएको र आवश्यक परे पुनः आन्दोलनको आँधिबेहरी गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवारी परमादेशीबाट निर्माण भएको अपवित्र सत्ता गठबन्धन हुनुपर्ने अनेरास्ववियुले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology