समायोजन खबर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आज आइतवार उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायत २४ पदाधिकारी मनोनयन गरेका छन्।
पार्टीको विधानअनुसार उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रह्लादप्रसाद शाह, सह–महामन्त्री सात जना मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित भएका छन्।
यसैगरी प्रवक्तामा चार जना भक्तिप्रसाद यादव, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित भएका पार्टीको विज्ञप्तिमा जनाइएको छ। यस्तै सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह र पूर्णबहादुर चन्द मनोनित भएका छन्।
पदाधिकारी यी हुन् ।

समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology