समायोजन खबर खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको वडा कार्यालय र विधालयमा तोडफोड भएकोे छ। बिहीबार राती ऐसेलुखर्कको वडा कार्यालय र सोही वडाको भष्मे सिरान टोलमा अवस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तोडफोड भएको हो।
रडले वडा कार्यालयको गेटको चाबी तोडेर भित्र पसेर वडाध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष र सभाहलमा तोडफोड भएको ऐसेलुखर्कका वडाध्यक्ष राजेशकुमार राजभण्डारीले जानकारी दिनुभयो। वडाध्यक्ष राजभण्डारीका अनुसार वडाध्यक्ष र सचिवको कार्यकक्षमा भएको एक/एक वटा दराज खोली दुबै दराजको घर्रा तानेर पैसा खोजेको जस्तो देखिएको छ। कागजात असरल्ल बनाईएको छ।
यद्यपी, वडाको ल्यापटप, कम्प्युटर जस्ता भौतिक वस्तुहरु भने सुरक्षित छ। यस्तै, त्रिभुवन माविको कार्यालय छिर्ने ढोका तोडेर प्रधानाध्यापकको कार्यकक्षमा छिरेर ल्यापटप राख्ने बाक्सा फुटाएको पाईएको छ। विद्यालयको ल्यापटप नलगेको र फोटोकपी गर्ने ठाउँमा छिरेर दराज फोरेर हेरेको देखिएको वडाध्यक्ष राजभण्डारीले बताए।
वडा कार्यालय र विद्यालय तोडफोडको प्रकृति हेर्दा पैसा खोजेको जस्तो देखिएको छ। तोडफोडका विषयमा प्रहरीमा उजुरी दिईएको र प्रहरीले सर्जमिन मुचुल्का तयार गरेको छ। अज्ञात समुहले तोडफोेड गरेको हुनसक्ने अनुमान गरिएको छ। तोडफोडमा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology