• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाकाचोलमा सूचिकरणमा परेका लाभग्राहीले जस्तापाता नपाएको एमालेको आरोप

बाकाचोलमा सूचिकरणमा परेका लाभग्राहीले जस्तापाता नपाएको एमालेको आरोप


समायोजन खबर
  • बिहिबार, माघ १३ २०७८

  • समायोजन खबर खोटाङ, फुसको छाना हटाएर जस्तापाताले छाउने सरकारको नीति तथा कार्यक्रम अन्तर्गत ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सूचिकरणमा परेका लाभग्राहीहरुले जस्तापाता नपाएको नेकपा एमाले बाकाचोल वडा कमिटीले जनाएको छ।

    आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले सूचिकरण गरेको ४१ घरधुरीमध्येमा अधिकांस घरहरुलाई हालसम्म विभिन्न बहानाबाजी गर्दै आलटाल गरेको तथा सूचिकृत नभएको घरधुरी र सूचिकृत हुनुअघि जस्तापाताले घर छाएको केही घरहरुलाई रकम निकासा गरेको खुलासा भएको एमालेले दावी गरेको छ।

    बुधबार एमाले वडा कमिटी अध्यक्ष नन्द कुमार तामाङले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गरी लक्षित लाभग्राहीलाई समयमा जस्तापाता उपलब्ध गराउन माग गरेको छ।

    आर्थिक वर्ष २०७७/०७८ मा संघीय संसद विकास कोषको १० लाख बजेट बादेल हुंदै बिस्काम जोड्ने सडकमा परे पनि वडाध्यक्ष सन्तबीर तामाङले सिफारिस नदिएर सम्बन्धित बजेट खारेज गरिएको र हालसम्म बिस्कामवासीलाई सडकले नछोएकाले बादेल बिस्काम सडक यहि वर्षभित्र जोड्न ऐसेलुखर्क गाउँपालिकाले पुन अनुगमन गरी विचार विमर्श गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ।

    बगाले सिरुडाँडा पारा सडकमा दश लाख बजेट छुट्याईएकामा उपभोक्ता समिति अध्यक्ष रमेश राई र वडाध्यक्ष तामाङको मिलेमतोमा काम गर्दा २ लाखदेखि ३ लाखको काम गर्न बाँकी कागज पालिकामा गराई अझैसम्म कबुलियत कागज गरे अनुसार काम नभएको तथा अर्थ मन्त्रालयको मिति २०७८ कार्तिक २५ मा प्रकाशित सूचना अनुसार ऐसेलुखर्क गाउँपालिकाको पुस २० को पत्र अनुसार विपन्न परिवारलाई कोभिड राहत दिने सन्दर्भमा बाकाचोलबासीलाई सूचना नदिई हालसम्म आलटाल गरेकाले समावेशी र समान किसिमले रातह वितरणका लागि एमालले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology