समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र कोरोनाको तेश्रो लहर सुरु भएसँगै ९ स्वास्थ्यकर्मीसहित ११ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पूष्टि भएको छ।
नगर स्वास्थ्यको एकजना सहयोगी सहित ८ स्वास्थ्यकर्मी र नगरपालिकाको विभिन्न शाखा, वडाका कर्मचारी गरी ११ जनामा संक्रमण देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए।
संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीहरु होम आइसोलेसनमा छन्। धमाधम स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि वडा नं. १ दिक्तेलमा सञ्चालन भईरहेको नियमित खोप कार्यक्रम पनि अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ।
यसैविच, बुधबार आज नगरपालिकामा ३८ जनाको एन्टीजेन परीक्षण गर्दा ७ महिला र ११ पुरुषमा संक्रमण देखिएको छ। योसँगै नगरपालिकाभित्र कूल संक्रमितको संख्या ११८ पुगेको छ। आज ५ जना संक्रमणमूक्त भएका छन्। यसअघि ३ जना संक्रमणमूक्त भईसकेका छन।
नगरपालिकाभित्र ११० जना संक्रिय संक्रमित रहेको र उनीहरु होम आइसोलेसनमा छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology