समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप ५ जनामा कोरोना भाईरस संक्रमण पूष्टि भएको छ।
शुक्रबार अस्थाई कोभिड अस्पताल(जिल्ला आयुर्वेद स्वास्थ्य केन्द)मा विभिन्न स्थानका ९ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पूष्टि भएको नगरपालिकाले जनाएको छ।
योसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ४१ जना पुगेको छ। संक्रमितहरु होम आइसोलेसनमा बसेका छन्। नगरपालिकाले हालसम्म १०१ जनाको एन्टीजेनन परीक्षण गरेको छ।
पछिल्लो समय कोरोना भाईरसको तेश्रो लहर सुरु भएपछि नगरपालिकाले आचार्य गाउँमा रहेको अस्थाई कोभिड अस्पतालमा प्रत्येक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म एन्टीजेन परीक्षण गर्न थालेको छ।
एन्टीजेन परीक्षण गर्दा संक्रमण देखिएकालाई सोही दिन मध्यान्ह साँढे १२ बजेपछि चिकित्सकले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी थप सल्लाह सुझाव तथा परामर्श दिने व्यवस्था मिलाईएको छ।
कोरोनाको लहर समुदाय स्तरमा फैलिदा अन्य स्थानीय तहले परीक्षणको व्यवस्था मिलाएको देखिएको छैन। यस्तै, जिल्लाभर कोरोना संक्रमितको संख्या ५४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कोरोना विरुद्धको पहिलो मात्राको खोप १ लाख १२ हजार ८ जनाले लगाएका छन भने, कोरोना विरुद्धको दुबै मात्राको खोप ६६ हजार ६१२ जनाले लगाएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology