• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरीले बनायो ‘आत्महत्या नगरौ, बाँचौ र बचाऔं’ लघु चलचित्र

प्रहरीले बनायो ‘आत्महत्या नगरौ, बाँचौ र बचाऔं’ लघु चलचित्र


समायोजन खबर
  • सोमबार, माघ ३ २०७८

  • समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या रोकथाममा सचेतना पु¥याउने लघु चलचित्र निर्माण गरेको छ। समाजमा घटिरहेका आत्महत्याका घटनालाई न्युनिकरण र निरुत्साहन गराउनका लागि ‘आत्महत्या नगरौ, बाँचौ र बचाऔं’ नामक चलचित्र निर्माण गरेको हो।

    लघु चलचित्रको सोमबार जिल्ला समन्वय समितिको हलमा प्रदर्शन गरिएको छ। जिसस प्रमुख बबि चाम्लिङले बटम थिचेर चलचित्रको सार्वजनिक गर्नुभएको थियो।

    जेपी फिरन्ते आचार्यको लेखन तथा संजीव राईको निर्देशनमा बनेको ४३ मिनेट लामो लघु चलचित्रमा गरीवी, बैदेशिक रोजगार, किशोरावस्थामा हुने प्रेम/बिछोड, अध्ययन असफलता, मद्यपान/धुम्रपानजस्ता कार्यबाट परिवारमा बिखण्डन हुंदा आत्महत्या गर्नेसम्मको बाटोमा मानिस पुग्ने गरेको देखाईएको छ। सचेतनामूलक चलचित्रमा अधिकांश स्थानीय कलाकार र प्रहरीहरुकै अभिनय छ।

    स्थानीय तहहरुसँग सहकार्य गरी ४ लाख बजेटमा निर्माण गरिएको लघु चलचित्रमा जिल्लामा घटेका प्रतिनिधिमूलक घट्नालाई चरित्रमा ढालिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए। कोरोनाका कारण स्वास्थ्य मापदण्डमा रहेर आत्महत्या बढी हुने गाउँ, वडाहरुमा केन्द्रीत रहेर सचेतनामूलक कार्यक्रमसँगै लघु चलचित्र प्रदर्शन गर्छौ। सकेसम्म प्रत्येक विद्यालय र क्याम्पसमा पनि चलचित्र प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो। प्रनाउ लम्सालले भने, ‘अहिले स्वास्थ्य प्रोटोकलभित्र रहेर सकेसम्म वडास्तरसम्म चलचित्र प्रदर्शन गर्छौ।

    लघु चलचित्र प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र जिसस प्रमुख राईले गाउँ गाउँमा चलचित्र प्रदर्शन गर्नुपर्ने बताएका छन्।

    यसैविच, प्रदेश नं. १ को १४ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या गर्ने जिल्लामध्ये खोटाङ सातौ स्थानमा पर्दछ । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ मा जिल्लमा १९१ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै १८ पुरुष र १३ महिलाले आत्महत्या गरेका छन्।

    यस्तै, आर्थिक वर्ष २०७५/०७६ यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४, हलेसी तुवाचुङ नगरपालिकामा २१, रावाबेशी गाउँपालिकामा ११, केपिलासगढी गाउँपालिकामा १४, ऐसेलुखर्क गाउँपालिकामा १७, साकेला गाउँपालिकामा १४, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १२, खोटेहाङ गाउँपालिकामा १८, जन्तेढुंगा गाउँपालिकामा ५ जना र बराहपोखरी गाउँपालिकामा ११ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology