• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

क्षयरोगीको खोजी गर्दै हलेसी तुवाचुङ नगरपालिका

क्षयरोगीको खोजी गर्दै हलेसी तुवाचुङ नगरपालिका


समायोजन खबर
  • आइतबार, माघ २ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले समुदायमा लुकेर रहेका संम्भावित सक्रिय क्षयरोगीहरुको खोजी गर्न थालेको छ। नगरपालिकालाई क्षयरोगीमुक्त नगरपालिका बनाउने लक्ष्यका साथमा अभियाननै सञ्चालन गरेर नगरको ११ वडामा संम्भावित क्षयरोगीहरुको खोजी र समुदायमा क्षयरोगको जनचेतना फैलाउन थालेको हो।

    नगरभित्रका १ हजार ५ सय संम्भावित क्षयरोगीहरुको खकारको नमूना संकलन गर्ने लक्ष्यले गत पुस २७ गतेबाट अभियान सञ्चालन गरेर खकारको नमूना संकलन गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए। आचार्यका अनुसार हालसम्म क्षयरोग सम्बन्धी जनचेतना फैलाउँदै अर्खौले, सल्ले, धिुतङ, महादेवस्थान, मंगलटार, च्यास्मिटार, बाहुनीडाँडा र वडहरेमा गरी ९ सय जनाको नमूना खकार संकलन गरिएको छ। राजापानी, दुर्छिम, डिकुवामा संम्भावित क्षयरोगीको खकारको नमूना संकलन गर्ने काम भईरहेको छ।

    खकार संकलनका लागि जिल्ला अस्पतालको प्रयोगशालाबाट २ जना, दुर्छिम स्वास्थ्य चौकीको प्रयोगशालाबाट २ जना तथा च्यास्मिटार स्वास्थ्य चौकीको प्रयोगशालाबाट १ जनासहित नगरबाट २ जना स्वास्थ्यकर्मी र सम्बन्धीत वडाका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी गरी १० जना स्वास्थ्यकर्मी खटेका छन्। लक्ष्य अनुसारको खकारको नमूना संकलन सकेपछि दुर्छिम स्वास्थ्य चौकी र जिल्ला अस्पतालको प्रयोगशालामा परीक्षण गरिनेछ।

    खकार परीक्षणपछि जुनजुन वडामा क्षयरोगी भेटिन्छ। त्यही वडाको स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधी उपलब्ध गराएर ६ महिनाको उपचार कोष पूरा गराउँछौ। आचार्यले भने, ‘आगामी आर्थिक वर्ष नगरपालिकालाई क्षयरोगमुक्त नगर बनाउने अभियानका लागि कार्यक्रम समावेश गर्न राष्ट्रिय क्षयरोग केन्द्र ठिमि भक्तपुर समक्ष प्रस्तावना समेत पेश गरिसकेका छौ। केन्द्रले पनि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology