समायोजन खबर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ। ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो। मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २–२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा २–२, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाहृदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology