समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका संक्रमितसंगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। ती मध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology