• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकाले अन्तर जिल्ला जोड्ने सडक निर्माण गर्ने

केपिलासगढी गाउँपालिकाले अन्तर जिल्ला जोड्ने सडक निर्माण गर्ने


समायोजन खबर
  • सोमबार, पौस २६ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले अन्तर जिल्ला जोड्ने सडक निर्माण गर्ने भएको छ। गाउँपालिकाको वडा नम्बर १ फेदीबाट बर्खे लामिडाँडा धोद्रे हुंदै छिमेकी गाउँपालिका टेम्केमैयुङ गाउँपालिकासँग जोड्ने सडक निर्माण गर्ने भएको हो।

    सो सडकको आईतबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरा कुमारी वन गिरीले एकसाथ शिलान्यास गर्नुभएको छ। उपभोक्ता समितिबाट निर्माण हुने बर्खे लामिडाँडा धोद्रे सडक जनश्रमदान र गाउँपालिकाको वजेटबाट निर्माण हुनेछ।

    सडक निर्माणका लागि गाउँपालिकाको स्टीमेट अनुदान ३५ लाख र जनश्रमदान ५ लाख ८८ हजार ३९६ रुपैयाँ भए पनि ३९ लाख २२ हजार १४६ रुपैयाँ बजेटमा सडक निर्माण हुनेछ।

    उपभोक्ता समितिले गाउँपालिकासँग सम्झौता गर्दा मंसिर २८ गतेबाट सडक निर्माणको काम थाल्नुपर्ने भए पनि विभिन्न तयारी पूरा गर्दा केही समय पर सरेको हो। आगामी फागुन २८ गते सडक सम्पन्न गर्नुपर्नेछ। सडक बनेपछि स्थानीयहरुले सहज रुपमा यात्रा गर्न पाउने  गाउँपालिका अध्यक्ष राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology