समायोजन खबर, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको बताउनु भएको छ।
भद्रपुरस्थित सहिद मनोज झपेन्दै स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘सञ्चारमाध्यममा बोलाएर अन्तरवार्ता दिन लगाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाइनु ! मेरो त छोराछोरी देशभरि छन्, छोरीसँग बिहे गर्ने ज्वाइँ र छोरासँग बिहे बुहारी त हुन्छ नि।’
‘यस्तो कुरा लिएर आफ्नो भ्रष्ट्राचार छोप्न खोज्नु र मेरो ज्वाइँ भने नि किन दिनु त सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन ठेक्का रु’ ओलीले थपे।
बतासले ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको मिडियालाई बताएका थिए।
‘एक सय २० कोष निल्न सक्ने भगवान् हनुमान भन्दा पनि ठुलो एक सय ८० कोष भएका मुख वाउदेनहरुले देखि देखि नारायणहिटी निल्न खोज्यो,’ उहाँले भन्नुभयो, ‘जनताले कराउन थालेपछि हतार हतार त्यो भत्काउन लगाइयो।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology