• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमाले खोटाङको अध्यक्षमा सर्वसम्मत चयन भएका दंगाल को हुन ?

एमाले खोटाङको अध्यक्षमा सर्वसम्मत चयन भएका दंगाल को हुन ?


समायोजन खबर
  • शनिबार, पौस २४ २०७८

  • एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल।

    समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङको जिल्ला कमिटी अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन्। एमालेको सातौ जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत चयन भएका हुन्।

    अधिवेशनले दंगालको अध्यक्षतामा १०९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ। जिल्ला कमिटी उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, उप–सचिवमा दिपनारायण रिजाल र सुरेन्द्रकुमार राई सर्वसम्मत चयन भएको एमालेका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईले जानकारी दिनुभयो।

    एमालेले अधिवेशनका लागि ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔं, विकास, संमृद्धि र अग्रगतिका लागि सबै एमाले बनौं’ नारा तय गरेको थियो । अधिवेशन माटिकोरोस्थित कभर्डहलमा भएको हो।
    को हुन दंगाल
    तत्कालिन बतासे गाविस तथा हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा २०२७ साल चैत १४ गते जन्मिएका दंगालले जनता माध्यमिक विद्यालय बतासेबाट २०४५ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका हुन्।
    आर्दश बहुमुखी क्याम्पस बिराटनगरबाट उच्च शिक्षाको सुरुवात दंगाल अनेरास्ववियुको एकताको पाँचौको प्रारम्भिक कमिटी सचिव बनेका थिए । २०४६ सालदेखि अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका उनी पार्टी अर्धभूमिगत हुंदा नेकपा मालेको दिक्तेल कमिटी सचिव भएका दंगालले त्यसपछि अखिलको जिल्ला कमिटीमा काम गरे।

    खोटाङ–बिराटनगर सम्पर्क मञ्चको अध्यक्ष भएका उनले १० नम्बर इलाकाको सचिव तथा क्षेत्रीय समन्वय कमिटीको सचिवको जिम्मेवारी सम्हाले । २०५४ सालयता जिल्ला कमिटीमा लगातार काम गरेका दंगाल एमाले विभाजन हुंदा एमालेतर्फ ४/५ जना मात्रै रहेको जिल्ला सदस्य मध्येमा पर्ने नेता हुन्।

    त्यो बेला एमाले विभाजन हुंदा सबै साथीहरु मालेतिर लाग्नुभयो, दंगालले भने, ‘म लगातार यही पार्टीमा छुु। जिल्ला कमिटीमा सबै बिभाग, सबै पदको जिम्मेवारी सम्हालेर काम गरेको छु।’ पार्टी विभाजनपछि जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका दंगाल सातौ जिल्ला अधिवेशनबाट पुन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology