समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङको सातौ जिल्ला अधिवेशन दिक्तेलस्थित कभर्डहलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट अधिवेशनको उद्घाटनसँगै यहाँ पनि अधिवेशन सुरु भएको हो।
ओलीले भर्चुअल उद्घाटन गरे पनि जिल्लामा पार्टीका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईले पानसमा दीप प्रज्ज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका छन्।
अधिवेशनमा नगर कमिटी, गाउँ कमिटी, जिल्ला सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, खोटाङ काठमाण्डौ सम्पर्क मञ्च, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यक सदस्य, जनसंगठनबाट करीव एक हजार प्रतिनिधि सहभागी भएका छन्।
अधिवेशनले सर्वसहमत रुपमा नेतृत्व चयन गर्ने जनाईएको छ। अधिवेशनका लागि ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔं, विकास, संमृद्धि र अग्रगतिका लागि सबै एमाले बनौं’ नारा तय गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology