• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश समितिले लिए निर्वाचित प्रमाणपत्र, जिल्ला सभापतिलाई बैठकमा बोलाईने

कांग्रेस प्रदेश समितिले लिए निर्वाचित प्रमाणपत्र, जिल्ला सभापतिलाई बैठकमा बोलाईने


समायोजन खबर
  • आइतबार, पौस १८ २०७८

  • निर्वाचित भएको प्रमाणपत्र लिएपछि सामूहिक तस्विर खिचाउँदै कांग्रेस प्रदेश कार्य समिति।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस प्रदेश नं. १ कार्य समितिले निर्वाचित भएको प्रमाणपत्र लिएका छन्। संघीयतापछि प्रदेशको पहिलो ऐतिहासिक अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुले आईतबार निर्वाचन समितिबाट मोरङ कांग्रेसको पार्टी कार्यालय बिराटनगरमा प्रमाण पत्र लिएका हुन्।

    निर्वाचित पदाधिकारीहरुले प्रमाणपत्र लिएपछि प्रदेश कार्य समितिको पहिलो बैठक पनि आजै बसेको छ। प्रदेश सभापति उद्धब थापाको अध्यक्षतामा बसेको बैठकले प्रदेश नं. १ का केन्द्रीय सदस्यहरु, जिल्ला सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि, संघीय महाधिवेशन र निर्वाचन समितिलाई एकमुष्ट हार्दिक धन्यवाद आभार प्रकट गर्ने निर्णय पारित गरेको छ।

    प्रदेश कार्य समितिको आउने बैठकहरुमा प्रदेश कार्य समिति सभापतिका प्रत्यासी गुरुराज घिमिरेसहित १४ जिल्लाका जिल्ला सभापतिलाई पनि बैठकमा आमन्त्रण गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रदेश नं. १ महामन्त्री भुपेन्द्र राईले जानकारी दिनुभयो।

    राईका अनुसार संघीयतापछिको पहिलो प्रदेश कार्य समिति भएकाले पार्टीलाई व्यवस्थित गर्नका लागि तत्काल पार्टी कार्यालय स्थापना गर्ने र भवन निर्माण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु बैठकले गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology