• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा १८ दिनमा ३ लाख ८१ हजार भेटी संकलन

हलेसीमा १८ दिनमा ३ लाख ८१ हजार भेटी संकलन


समायोजन खबर
  • आइतबार, पौस १८ २०७८

  • हलेसी महादेव मन्दिरको प्राङ्गणमा राखिएको दानपेटिका । तस्विर समायोजन खबर ।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी महादेव मन्दिरमा १८ दिनमा ३ लाख ८१ हजार बढी भेटीघाटी संकलन भएको छ। हलेसी महादेव शिव पार्वती थान, मन्दिरको प्राङगणमा रहेको दानपेटिका गरी ३ लाख ८१ हजार ५९० रुपैयाँ भेटीघाटी संकलन भएको हो।

    २०७८ मंसिर २३ गतेदेखि २०७८ पुस ११ गतेसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो। राईका अनुसार शिव पार्वती थानमा ३ लाख ३३ हजार ६६५ रुपैयाँ र मन्दिर प्राङगणमा रहेको दानपेटिकामा ४७ हजार ९२५ रुपैयाँ भेटीघाटी संकलन भएको छ। भारतीय रुपैयाँ ६ हजार ६० तथा चाँदि २३.६ ग्राम श्रद्धालु भक्तजनले चढाएका छन्।

    पानी, विजुली, इलाका प्रहरी कार्यालय हलेसीको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर रंगरोगन, गणेश मन्दिर रंगरोगन, मन्दिर व्यवस्थापन समितिबाट ट्राफिक चोकमा निर्माण गरिएको मन्दिर प्रवेश गेट रंगरोगन तथा लेखन, भेटी गणना, अतिथि खाजा, विभिन्न आर्थिक सहयोग लगायत अन्य खर्च गरी ३ लाख ६२ हजार ८६३ रुपैयाँ खर्च भएको र बाँकी १८ हजार ७२७ रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology