• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकामा खोप बोकेर गाउँ-गाउँमा स्वास्थ्यकर्मी

हलेसी तुवाचुङ नगरपालिकामा खोप बोकेर गाउँ-गाउँमा स्वास्थ्यकर्मी


समायोजन खबर
  • बुधबार, पौस १४ २०७८

  • हलेसीमा खोप बोकेर गाउँतर्फ जाँदै स्वास्थ्यकर्मी।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको खोप बोकेर घरघर जाने गरेका छन्। नगरपालिकालाई पूर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउन सिंगो स्वास्थ्य शाखाका टिमनै अहिले घर–घरमा, गाउ–गाउँमा डुलिरहेका हुन्।

    अहिले असक्त, अपाङग भएकाको प्रत्येक घरघरमा पुगेर स्वास्थ्यकर्मीले भेरोसेलको पहिलो मात्रा दिईरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए। गत शनिबारयता १८ वर्षमाथिका ४ हजार ६०३ जनालाई खोप दिने लक्ष्य राखिएकोमा मंगलबारसम्म ४ हजार ७० जनालाई भेरोसेलको पहिलो मात्राको खोप दिईएको छ। बाँकी खोप असक्त, अपाङगलाई घरमै र अन्यलाई स्वास्थ्य संस्था तथा खोप केन्द्रबाट दिईनेछ।

    हालसम्म यस नगरपालिकामा १२ हजार ११९ जनाले कोरोना विरुद्धको दुबै मात्राको खोप लगाईसकेका छन्। नगरपालिकामा अनुमानित कूल जनसंख्या २४ हजार ३०२ भए पनि १२ वर्षदेखि १७ वर्षसम्मका ३ हजार ४ सय विधार्थीलाई यहि महिना मोर्डना खोप दिन्छौ। संयोजक आचार्यले भने, ‘पुस महिनाभरी १९ हजार ५ सयलाई खोप दिने लक्ष्य छ।’

    बालबच्चा र १२ वर्षमूनिकालाई कुनै खोपको व्यवस्था नभएकाले आगामी माघभरी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउने लक्ष्य रहेको आचार्यको भनाई छ। घरैमा कोरोना विरुद्धको खोप लाउन पाएपछि बडहरे बुङदेनका ९३ वर्षीया असक्त महिला तिलमाया खत्रीले खुसी व्यक्त गरिन्। आफूले पनि घरमै खोप पाउँदा खुशी लागेको बडहरे घोपाटारका अपांग महिला नारीमाया माझीले बताईन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology