• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल शहरी खानेपानी आयोजनालाई सम्झौता अनुसार काम गर्न १५ दिने अल्टिमेटम

दिक्तेल शहरी खानेपानी आयोजनालाई सम्झौता अनुसार काम गर्न १५ दिने अल्टिमेटम


समायोजन खबर
  • मंगलबार, पौस १३ २०७८

  • खानेपानी समन्वय समिति सोल्माका पदाधिकारीहरु।

    समायोजन खबर खोटाङ, दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिले सम्झौता विपरित काम गरेको भन्दै खानेपानी समन्वय समिति सोल्माले तत्काल सच्चिन आग्रह गरेको छ। आयोजना र समन्वय समितिविच भएको १२ बुंदे सम्झौता कार्यन्यव नगरी पेलेर जान खोजेकाले १५ दिनभित्र सच्चिन अल्टिमेटम दिएको हो।

    खानेपानी समन्वय समिति सोल्माले मंगलबार नछुङ होटल रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको रोहबरमा दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशी र खानेपानी समन्वय समिति सोल्माका पदाधिकारीविचमा भएको १२ बुंदे सम्झौता कार्यन्वयन गर्न १५ दिने अल्टिमेटम दिएका हुन्।

    आयोजना उपभोक्ता समितिले सम्झौताका सम्पूर्ण शर्तहरुलाई बेवास्ता गर्दै भौतिक संरचनाहरु निर्माण गर्दा होस वा पाईपलाइन बिस्तार गर्दा सम्झौता विपरीत कार्यहरु गरिरहेको र विभिन्न रुपमा रहेका व्यक्तिहरुलाई नगद दिने अन्य विभिन्न प्रलोभनमा पार्ने कार्य गरेको र नगरपालिकाले शर्त कार्यन्वयनका लागि अन्तिम समयसम्म पनि सुरुवात नगर्दा सम्झौता उल्लङ्घन गरिरहेको खानेपानी समन्वय समिति सोल्माका संयोजक धनिराम नछुङले बताए। दुई पक्षविच भएको १२ बुंदे सम्झौता पुस १३ गतेदेखि १५ दिनभित्र कार्यन्वयन नभएको खण्डमा सम्पूर्ण सम्झौताहरु भंग गर्दै खानेपानी आयोजनाका कामहरु बन्द गराउँदै पानी समेत बन्देज गर्ने समन्वय समिति संयोजक नछुङको भनाई छ।

    विभिन्न प्राकृतिक प्रकोप र कृतिम भौतिक संरचनाहरुको निर्माणले गर्दा पानीको मुहानहरु सुक्दै जाँदा खेतियोग्य जमिनहरु दिनानु दिन बाझोपन भईरहेको छ । बाझोपनको समस्यालाई रोकथाम गर्न पानीको मुहान संरक्षण गर्दै पानी दिने १२ बुंदे सम्झौता गरेका थियौ। तर, अहिले एकैवटा पनि सम्झौता कार्यन्वयन भएन। संयोजक नछुङले भने, ‘१५ दिनमा पनि सम्झौता अनुसार काम नभए क्रमशः मुहान बन्द गर्ने, भौतिक संरचानहरु तोडफोड गर्ने, माझखोला थुनेर बनाएको ड्याम भत्काउने काम गर्छाै।’दिईएको अल्टिमेटममा सम्झौता अनुसारको काम नभएमा सोल्मावासी जस्तोसुकै कठिन भन्दा कठिन आन्दोलन गर्न तयार हुने सोल्माका स्थानीयवासी मोतिचन्द्र राईले बताए। रम्बा खोला, माझ खोला मुहान गरी खानेपानी आयोजना सञ्चालन गरिरहेको दिक्तेल शहरी खानेपानी उपभोक्ता समिति र खानेपानी समन्वय समिति सोल्माका १९ पदाधिकारीविच सोल्मालाई विशेष संरक्षण वडा घोषणा गरी सो वडामा सिंचाई पोखरी कुलो तथा पाइप सिंचाई लगायतका विशेष कार्यक्रम संञ्चालन गर्न नगरपालिकामा बिशेष पहल गर्ने, वडाबासीहरुको लागि एक घर, एक खानेपानी धारा उपलब्ध गराउनका लागि निर्माणाधिन आयोजना संञ्चालनको १० प्रतिशत लागत रकमको डिपिआर तयार गरी योजना सञ्चालन गर्ने, मुहानबाट ७५ एमएम पाइपमा राखि खोलाको बहाबलाई असर नपु¥याई पानी ल्याउने लगायतका १२ बुदे सम्झौता भएको थियो।

    यस विषयमा प्रतिक्रिया लिनका लागि दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष धनकुमार जोशीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। सम्झौतामा भनिएका सबै कुराहरु पूरा हुने क्रममा छन्। धेरै कुराहरु एकै वर्षमा पूरा हुने हैन, कतिपय त आयोजना सम्पन्न भएर नगरलाई हस्तान्तरणपछि पूरा गर्नुपर्ने धेरै कुराहरु छन्। नगरप्रमुख रिजालले भने, ‘मेरो रोहबरमा भएका कुराहरु लागू गराउन अहोरात्र लागिरहेको छु। त्यो भन्दा नगरपालिका बाहिर छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology