समायोजन खबर खोटाङ,नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङको सातौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔं, विकास, संमृद्धि र अग्रगतिका लागि सबै एमाले बनौं’ नाराका साथमा अधिवेशन हुन लागेकोे हो।
आईतबार एमाले जिल्ला कमिटीले होटल शुभदिनमा पत्रकार सम्मेलन गरेर एमालेको शनिबार बसेको १३ औं पूर्ण बैठकले भव्यताका साथमा अधिवेशन गर्ने र त्यसका लागि जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिएको छ।
दिक्तेलको माटिकोरेस्थित कबर्ड हलमा हुने अधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखन उप–समिति संयोजकको जिम्मेवारी पार्टी अध्यक्ष रामप्रसाद दंगाल, मूल व्यवस्थापन समिति संयोजकको जिम्मेवारी देवविक्रम राई, सांगठनिक प्रतिवेदन लेखन उप–समिति संयोजकको जिम्मेवारी कुमार आचार्य, आर्थिक संकलन उप–समिति संयोजकको जिम्मेवारी दीपनारायण रिजाल, आर्थिक प्रतिवेदन लेखन उप–समिति संयोजकको जिम्मेवारी उपिन कुमार राई, प्रतिनिधि व्यवस्थापन उप–समिति संयोजकको जिम्मेवारी सुरेन्द्र कुमार राईलाई दिईएको पार्टी अध्यक्ष दंगालले जानकारी दिए।
प्रचारप्रसार उप–समिति संयोजकको जिम्मेवारी दिलचक्र राई, साँस्कृतिक कार्यक्रम व्यवस्थापन उप–समिति संयोजक विणादेबी राई, अतिथि सत्कार उप–समिति संयोजक दिलकुमारी राई, मञ्च तथा हल व्यवस्थापन उप–समिति संयोजक चर्चबहादुर विश्वकर्मा, अनुगमन तथा मूल्याङकन उप–समिति संयोजकको जिम्मेवारी सनमान खड्का, स्वास्थ्य व्यवस्थापन उप–समिति संयोजक सम्मर बहादुर भुजेल, स्वयम् सेवक परिचालन उप–समिति संयोजक दिनेश राई, माइन्युट लेखन उप–समिति संयोजक जेनी राई र बहस नोट उप–समिति संयोजकको जिम्मेवारी कमल ढकाललाई दिईएको छ।
अधिवेशन प्रतिनिधिका लागि नगर कमिटीबाट ३ महिलासहित ७ जना, गाउँ कमिटीबाट २ जना महिलासहित ५ जना, जिल्ला सल्लाहकार परिषदबाट २ महिलासहित ५ जना, जिल्ला ज्येष्ठ कम्युनिष्ट मञ्चबाट २ महिलासहित ५ जना, खोटाङ काठमाण्डौ सम्पर्क मञ्चबाट ३ महिलासहित ७ जना, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यक सदस्यमध्ये प्रत्येक ५ जना बराबर १ जना र जिल्लामा क्रियाशिल प्रत्येक जनसंगठनहरुबाट ३/३ जना संख्या र क्षेत्र निर्धारण गरिएको छ।
अधिवेशनमा सर्वसहमतिको मार्ग अपनाईने पार्टी ईन्चार्ज बिशाल भट्टराईले बताए। एमालेमा आजसम्म निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको छैन । सर्वसहमतिका साथमा नेतृत्व चयन गरिनेछ। भट्टराईले भने, ‘असाध्यै न्युन खर्चमा अधिवेशन हुनेछ । एमालेले अधिवेशनका लागि चन्दा माग्दैन।’
अधिवेशनमा ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरुले खानाको आफै व्यवस्थापन गर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology