• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्षमा पपुलर मतसहित किराती विजयी

माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्षमा पपुलर मतसहित किराती विजयी


समायोजन खबर
  • बिहिबार, पौस ८ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्षमा पृथ्वी किराती (देवान चाम्लिङ) विजयी भएका छन्। बिहीबार बिहान ५ बजे बिराटनगरमा निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार किराती तीन उपाध्यक्ष मध्येमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन्।

    नेकपा माओवादी केन्द्र खोटाङको पार्टी संयोजक रहेका किरातीले १२० मत पाएका थिए। किरातीसँगै सुनसरीका शिवकुमार डांगी र झापाका मणिकुमार साम्पाङ उपाध्यक्षमा विजयी भएका छन्। डांगीले ११३ मत र साम्पाङले १११ मत ल्याएका थिए।

    सचिवमा गणेश उप्रती मोरङ, सह–सचिवमा कुमारी राई मोरङ, ऋषीराम ढुंगाना धनकुटा, सागर किराँती सोलुखुम्बु तथा कोषाध्यक्षमा झापाका रेवतराज पुरी विजयी भएका छन्।
    प्रदेश कमिटी अध्यक्षमा नेम्वाङ विजयी
    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी अध्यक्षमा पाँचथरका हर्क बहादुर नेम्वाङ विजयी भएका छन्। अध्यक्षका प्रत्यासी सुनसरीका मुकेश लिम्बुलाई १०५ मतले पछि पार्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन्।

    नेम्वाङले १६९ मत प्राप्त गर्दा लिम्बुले भने ६४ मत प्राप्त गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले जानकारी दिनुभयो। प्रदेश कमिटी पदाधिकारी चयनका लागि बुधबार निर्वाचन भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology