• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि


समायोजन खबर
  • बुधबार, पौस ७ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको छ। उनी होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

    नेपालमा यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। ती दुवैजना संक्रमणमुक्त भइसकेका छन्।

    यसैबीच पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ। सोही अवद्यिमा २७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टमा थप २ जनाको मृत्यु भएको छ।

    यसैगरी,प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण भएको छ। ४३६ जनाको पीसीआर परीक्षण गर्दा १६ र ११६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology