• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई संक्रमितको मृत्यु, १८९ जनामा कोरोना संक्रमण

दुई संक्रमितको मृत्यु, १८९ जनामा कोरोना संक्रमण


समायोजन खबर
  • शनिबार, पौस ३ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर, पछिल्लो २४ घण्टामा देशभर थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भएको हो।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई संक्रमितकोे मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप २५० जना संक्रमणमुक्त भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ११० जना रहेका छन्। जसमध्ये काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन्।

    यसैगरी, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ। मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो।

    प्रदेश १ मा आज २० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९५ रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology