• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने

प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने


समायोजन खबर
  • शनिबार, पौस ३ २०७८

  • समायोजन खबर, प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ। आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो।

    सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ।  बैठकले आगामी पुस १५ गते सम्म सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो।

    यस्तै जिल्ला अधिवेशनका दिन वितरण गर्ने गरि जनार्दन मैनाली पत्रकारिता पुरस्कारका लागि सल्लाहकार महेन्द्र विष्टको संयोजकत्वमा छनौट समिति पनि निर्माण गरिएको छ।

    प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन २ महिना भित्र सम्पन्न गर्न मंसिर २० गते सर्कुलर जारी गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology