समायोजन खबर खोटाङ,पूर्वमा २०६९ सालअघि ‘रेन्बो ट्राउट’ माछा पाल्नुपर्छ, अनि आर्थिक आर्जनमा टेवा पु¥याउँछ भन्ने कसैको दिमागमा थिएन। जब खोटाङमा रेन्बो ट्राउट माछा पालनको परीक्षण सफल भयो तब रेन्बो ट्राउट माछाको व्यावसायिक पालन सुरुवात भयो। तब, सबैले ‘रेन्बो ट्राउट’को वारेमा बुझन चाहे।
डाक्टर आशकुमार राईको नेतृत्वमा जिल्लामा मात्रै नभई पूर्वमा पहिलो पटक खोटाङको सोल्मा तालखर्कमा ‘रेन्बो ट्राउट’ माछा पालनको सुरुवात भएको इतिहास पाईन्छ। राईको अगुवाईमा सगरमाथा अक्वा एग्रो प्रालि खोटाङले तालखर्कमा ‘रेन्बो ट्राउट’को व्यवसायिक पालन सुरु गरेको हो।
तत्कालिन समयमा प्रालिमार्फत त्यहाँ ट्राउट माछाको पालन भए पनि समयान्तरमा शुभद्रा–मदन फाउण्डेसनको मातहतमा रहेको प्रवन्ध निर्देशक सुर्य राईले बताए। तालखर्कमा ट्राउट माछा पालन सक्सेसफुल भयो, सुरुमा व्यावसायिक थियो। अहिले फाउण्डेसनको मातहतमा सिकाई केन्द्र र प्रयोगशाला भएको छ। राईले भन्नुभयो, ‘यहिको सिको गरेर जिल्लाका विभिन्न स्थान र अन्य जिल्लामा व्यावसायिक रुपमा ट्राउट माछा पालनको सुरु भईसकेको छ।’
माछा पालनका लागि तालखर्कमा ८ वटा पोखरीमध्ये अहिले ४ वटा पोखरीमा भुरा, २ वटा पोखरीमा ठूला ट्राउट माछा छन्। अन्य २ मा ग्रेडिङ गरेर राखिने छ। उत्पादन भएको माछा फाउण्डेसनमा आउने पाहुना र भित्रनै खपत हुंदै आएको छ। २४ सैं घण्टा बगिरहने चिसो पानीमा उत्पादन हुने ट्राउट माछालाई ज्यादै पौष्टिक मानिन्छ।
ट्राउट माछा पाल्नका लागि सुरुवातमा बाहिरबाट भुरा ल्याउने र त्यसपछि यहि ग्रेडिङ(प्रजनन) गरेर भूरा उत्पादन गरिदै आईएको छ। माछाका लागि चारो प्लेट दाना भने खरिद गरेर ल्याईने गरेको फाउण्डेसनका प्रवन्ध निर्देशक राईले बताए।
तालखर्कमा ट्राउट माछा पालनको सफलता मिलेपछि पूर्वका विभिन्न जिल्लामा पनि यसको व्यावसायिक पालन सुरु भएको छ। सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, इलाम र जिल्लाको हौचुर, जालपा, खिदिमामा व्यावसायिक माछा पालन सुरु भएको छ। प्रतिकेजी १ हजार ५ सयदेखि १ हजार ८ सयसम्म माछाको भाउ रहेको छ।
उच्च पहाडी भेगको स्वच्छ र सफा पानीमा पाल्ने सकिने ‘रेन्बो ट्राउट’को व्यावसायिक पालनको संम्भावना एकदमै राम्रो रहेको व्यावसायिक रुपमा ‘रेन्बो ट्राउट’ माछा पालन गर्दै आएका सोल्मा तालखर्कका श्रवण राईले बताए। ट्राउट माछाको बजार माग अत्याधिक रहेको राईको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology