• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ४ हजार ६४३ मेट्रिक टन धान उत्पादन घट्यो

खोटाङमा ४ हजार ६४३ मेट्रिक टन धान उत्पादन घट्यो


समायोजन खबर
  • मंगलबार, मंसिर २८ २०७८

  • खोटाङको सोल्मामा धान झाट्दै कृषक।

    समायोजन खबर खोटाङ,खोटाङमा यसवर्ष धान उत्पादनमा ह्रास आएको छ । गएको असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको बेमौसामी वर्षा र हावाहुरीका कारण गतवर्षको तुलनामा योवर्ष ४ हजार ६ सयबढी मेट्रिक टन धान उत्पादन घटेको हो।

    आर्थिक २०७७/०७८ मा २९ हजार ७९४.३८ मेट्रिक टन धान उत्पादन हुंदा चालू आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन घटेर २५ हजार १५१.१० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जानकारी दिएको छ।

    ज्ञान केन्द्रका अनुसार जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकामा यसवर्ष सत प्रतिशत रोपाइँ भएता पनि गतवर्षको तुलनामा योवर्ष ४ हजार ६४३.२८ मेट्रिक टन धान उत्पादन घटेको छ। बेमौसमी वर्षा र हावाहुरीका कारण चामल नपसेको धानको बोट ढल्दा धान नष्ट भएको थियो भने, चामल पसेको धान ढल्दा चरा मुसा लगायतका जीवजन्तुले खाईदिंदा धान उत्पादनमा कमी देखिएको ज्ञान केन्द्रका निमित्त प्रमुख हरि नारायण राईले बताए।

    १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा उन्नत जात र स्थानीय जातका धान बढी लगाईएको थियो। तर, स्थानीय जातका धान ढिला फुलेका कारण बेमौसमी वर्षा र हावाहुरीले धानमा क्षति गरेको किसानहरु बताउँछन्।

    बेमौसमी वर्षा र हावाहुरीका कारण ५ हजार ५२२.६२ हेक्टर अर्थात ४२.८२ प्रतिशत क्षेत्रफलमा लगाईएको धान खेतीमा क्षति पुगेको थियो। धान उत्पादनमा कमी भएपछि स्थानीय जातका धानको मुल्य आकासिने अनुमान गरिएको छ।
    अलैची उत्पादनमा कमी
    खोटाङमा यसवर्ष अलैची उत्पादनमा पनि कमी आउने देखिएको छ। अलैची उत्पादनको तथ्यांक संकलन हुन वाँकी रहे पनि करीव ३०/३५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ।

    १ हजार ४०२ हेक्टर क्षेत्रफलमा अलैची खेती हुंदै आएको भए पनि कृषकहरुको भनाई अनुसार योवर्ष अलैची उत्पादन कम भएको र उत्पादन घटेर जाने निश्चित भएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताए।

    आर्थिक वर्ष २०७७/०७८ मा ७८७.३६ मेट्रिक टन अलैची उत्पादन भएको थियो । गतवर्ष प्रतिहेक्टर ०.७४ मेट्रिक टन अलैची उत्पादन भएको थियो। गतवर्ष १ हजार ६४ हेक्टरमा लगाईएको अलैचीले फल दिएको र बाँकी ३३८ हेक्टरमा भने विरुवा नै थियो। यद्यपी, यसवर्ष अलैचीको उत्पादन घटे पनि भाउँ भने बढेको कृषकहरु बताउँछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology