• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा १६ दिनमा ८ लाख ३९ हजारबढी भेटी संकलन

हलेसीमा १६ दिनमा ८ लाख ३९ हजारबढी भेटी संकलन


समायोजन खबर
  • सोमबार, मंसिर २७ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,खोटाङको हलेसी महादेव मन्दिरमा १६ दिनमा ८ लाख ३९ हजारबढी भेटीघाटी संकलन भएको छ। हलेसी महादेव शिव पार्वती थान, मन्दिरको प्राङगणमा रहेको दानपेटिका, बसाह गुफाको दानपेटिका, गणेश मन्दिर दानपेटिका, चामल विक्री, रुद्री लाखबत्ती लगायतगरी ८ लाख ३९ हजार १९७ रुपैयाँ भेटीघाटी संकलन भएको हो।

    २०७८ मंसिर ६ गतेदेखि २०७८ मंसिर २२ गतेसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । राईका अनुसार शिव पार्वती थानमा ५ लाख २९ हजार ४०५ रुपैयाँ, मन्दिर प्राङगणमा रहेको दानपेटिकामा ३१ हजार ३४५ रुपैयाँ, बसाह गुफाको दानपेटिकामा ३९ हजार ६९० रुपैयाँ, गणेश मन्दिरको दानपेटिकामा २६ हजार १ सय रुपैयाँ, चामल विक्री वापत १४ हजार ८८० रुपैयाँ, रुद्री लाखबत्ती लगायत अन्य सहयोगमा १ लाख ९२ हजार २७७ रुपैयाँ र ढ्याके सटहीमा ५ हजार ५ सय भेटीघाटी संकलन भएको छ।

    यस्तै, भारतीय रुपैयाँ ६ हजार १६०, चाँदि १५१.६५ ग्राम, सुन २.८ ग्राम र अमेरिकन १ डलर श्रद्धालु भक्तजनले चढाएका छन्। विजुली, पानी, फोहोर व्यवस्थापन, सिसि क्यामेराको पिओई स्वीच खरीद, बालाचर्तुदशी मेलामा अस्थायी कर्मचारी तलब, भेटी गणना, अतिथि, खाजा, विभिन्न आर्थिक सहयोग लगायत अन्य खर्च गरेर २ लाख १६ हजार ८२९ रुपैयाँ खर्च भएको र बाँकी ६ लाख २२ हजार ३६८ रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गरिएको छ। अहिलेसम्म हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा ८४ लाख १५ हजार ५७३ रुपैयाँ रकम मौज्दात रहेको सूचना केन्द्रका प्रमुख राईले बताउनुभयो।

    मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ। भेटीघाटीमा दुरुपयोग हुन नदिन मन्दिर परिसरमा सीसी क्यामेरा समेत राखिएको छ।

    संकलन भएको भेटी गणनाका लागि सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक/एक जना प्रतिनिधि राखिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो। भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको नगरप्रमुख राईको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology