• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐेसेलुखर्क गाउँपालिकामा कृषि मेला प्रदर्शनी हुने

ऐेसेलुखर्क गाउँपालिकामा कृषि मेला प्रदर्शनी हुने


समायोजन खबर
  • आइतबार, मंसिर २६ २०७८

  • फाईल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको ऐेसेलुखर्क गाउँपालिकामा कृषि मेलाको प्रदर्शनी हुने भएको छ। ‘कृषि उब्जनीको बृद्धि कृषकको सान, व्यवसायिक कृषकलाई सम्मान हाम्रो अभियान’ नाराका साथमा एक दिन पालिका स्तरीय कृषि मेला प्रदर्शनी हुने भएको हो।

    आगामी पुस ६ गते ऐसेलुखर्कको हटियाडाँडामा हुने कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीतर्फ धान, गहु, मकै, कोदो जौ, काउली बालीतर्फ काउली, बन्दा, ब्रोकाउली, जरे बालीमा मुला, गाँजर, लहरे बालीमा फर्सि, लौका, तिते करेला, हरियो तरकारीमा रायो, चम्सुर, पालुङगो, सुन्तला जाततर्फ सुन्तला, जुनार, कागती, निर्यात प्रवद्र्धन बालीमा अलैची, कफी, अदुवा, बेसार, उखु, मरिच, तेलहन बालीमा तोरी सर्सिउ, मसला बालीमा लसुन, धनिया, खुर्सानी, प्याज, च्याउतर्फ कन्य, सिताके, पात्ले, कन्दमुलतर्फ घरतरुल, पिडालु, सखरखण्ड, सिमलतरुल तथा दलहन, टमाटर, किवी, केरा, आलुको प्रदर्शनी हुने कृषि तथा पशु सेवा शाखाले जनाएको छ।

    मेलामा सहभागिहरुले कृषि मेला प्रदर्शनी दर्ता फारम भरी सम्बन्धित वडाका कृषि प्राविधिकको सिफारिस तथा वडा कार्यालयबाट प्रमाणित गरि सहभागि हुने पाउने कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए। राजभण्डारीका अनुसार १७ वटा विधामा उत्कृष्ट हुने कृषकलाई नगर पुरस्कारको व्यवस्था गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology