• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माईजोगमाई अध्यक्ष कप:माई नगरपालिका र मानेभञ्ज्याङ उपाधिका लागि भिड्ने

माईजोगमाई अध्यक्ष कप:माई नगरपालिका र मानेभञ्ज्याङ उपाधिका लागि भिड्ने


समायोजन खबर
  • शनिबार, मंसिर २५ २०७८

  • समायोजन खबर, इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ। आज सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन्।

    सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो। पहिलो सेमीफाइनल खेलमा सुखानीको जीतको लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो। खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए।

    मानेभञ्ज्याङको जीतका खेलको २० औ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुराग घोषित भए। माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ। विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउने छन्।
    माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology