• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रसुती बेथाका कारण गम्भीर बनेकी बिष्टको उद्धार

प्रसुती बेथाका कारण गम्भीर बनेकी बिष्टको उद्धार


समायोजन खबर
  • बिहिबार, मंसिर २३ २०७८

  • सांकेतिक तस्विर । फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,प्रसुती बेथाका कारण गम्भीर बनेका सुत्केरी महिलाको खोटाङबाट हेलिकोप्टरमाफर्त उद्धार गरिएको छ। जिल्लाको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

    प्रसुती बेथाका(उक्त रक्तचाप तथा कम्पन आएको) कारण स्वास्थ्य अवस्था गम्भीर भएको र स्वास्थ्य चौकी सावाकटहरेमा उपचार हुन नसकी थप जटिलता भएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लैजानु पर्ने भनि खोटेहाङ गाउँपालिकाको कार्यालयवाट पत्र आएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टर व्यवस्थापन गरेर बिहीबार सावाकटहरेबाट उनको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए।

    विष्टले प्रसुती गृह थापाथलीमा बच्चालाई सकुशल जन्म दिएको उनका श्रीमान भक्त बहादुर विकले बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म २३ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology