• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको केन्द्रीय सदस्यमा लड्दैछन् खोटाङका यी पाँच नेता

कांग्रेसको केन्द्रीय सदस्यमा लड्दैछन् खोटाङका यी पाँच नेता


समायोजन खबर
  • बिहिबार, मंसिर २३ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा खोटाङ कांग्रेसबाट पाँचजना नेताले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

    खुल्ला केन्द्रीय सदस्यमा सुवासकुमार पोखरेल, आदिवासी जनजाती पुरुष केन्द्रीय सदस्यमा नरेशकुमार श्रेष्ठ र रविप्रकास राई तथा आदिवासी जनजाती महिला केन्द्रीय सदस्यमा सरस्वती बजिमय र हिरा गुरुङले उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

    यहाँका पूर्व पार्टी सभापति तथा महाधिवेशन प्रतिनिधि श्रेष्ठ र प्रतिनिधिसभा सदस्य तथा संविधानसभा सदस्य एवंम् महाधिवेशन प्रतिनिधि गुरुङले संस्थापइतर पक्षबाट, महाधिवेशन प्रतिनिधि राई र संविधानसभा सदस्य तथा महाधिवेशन प्रतिनिधी बजिमयले संस्थापन पक्षबाट उम्मेद्वारी दिने बताएका छन्।

    यस्तै, पूर्व पार्टी सभापति तथा महाधिवेशन प्रतिनिधि पोखरेलले संस्थापनइतर(कोईराला निकट) पक्षबाट उम्मेद्वारी दिने घोषणा गरेका छन्।

    कांग्रेसको महाधिवेशनको उद्घाटन मंसिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र हलमा बन्द सत्र हुनेछ। कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology