• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गृह जिल्ला पुगेर बोले रावल, कोही निराश नहुनू,राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

गृह जिल्ला पुगेर बोले रावल, कोही निराश नहुनू,राजनीतिमा अनेक घुम्तीहरू आउँछन्


समायोजन खबर
  • बुधबार, मंसिर २२ २०७८

  • समायोजन खबर, नेकपा एमालेका नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गर्नुभएको छ।

    चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको हो।

    ‘हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भन्नुभयो, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन्। उच्च मनोवल राख्नुहोस्। समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस्। मेरो साथ तपाईंहरूलाई छ।’ रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो। जितिनँ। त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन।’ चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology