समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजनपछि खोटाङ एमाले हाँक्ने जिम्मा राम प्रसाद दंगालले पाएका छन्। पार्टी अध्यक्ष दंगालले अबको एमालेलाई कसरी अघि बढाउँछन्, एमालेले प्रतिपक्षसँग कस्तो टक्कर गर्न सक्छ, अबको एमालेको भावि योजना केके छन् ? लगायतका यावत विषयमा समायोजन खबर डटकमले एमाले अध्यक्ष दंगालसँग कुराकानी गरेको छ।
फुटपछी तपाईको नेतृत्वमा एमाले आएको छ, पार्टी कस्तो बन्छ ?
नेकपा बन्दा पनि तत्कालिन नेकपा एमालेको तर्फवाट मैले नेतृत्व गरेको थिए। नेकपा माआवेदी केन्द्र र नेकपा एमालेविच एकता हुंदा पार्टीका प्रमुखहरु नै अध्यक्ष र सचिव रहने व्यवस्था अन्तर्गत नेकपाको सचिव हो।
नेकपा हुंदा पार्टीलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर हामी लागिरहेका थियौ। जब अदालतको फैसला आयो पार्टी एमाले र माओवादी अलग भईसकेपछि त्योबेला पनि नेतृत्वमै थियो र, अहिले पनि नेकपा एमालेको नेतृत्व गरिरहेको सन्दर्भमा हिजो एमालेले जिल्लामा बहुमत स्थानीय तह, संघ र प्रदेश जितेको थियो। एमालेका सांगठनिक गतिविधिहरु रोकिएका थिए एकताको प्रक्रियापछि, एकताका कारण कतिपय मिलाउने कामहरु बाँकी थिए।
यो विचमा हामीले गाउँ/नगर अधिवेशन सम्पन्न ग¥र्यौ जुन सर्वसहमत भएको थियो। १० औं राष्ट्रिय महाधिवेशन सकिएको छ। राष्ट्रिय महाधिवेशनले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति हो भन्ने कुराको सन्देश दिएको छ। र, अब हामी पार्टीलाई थप व्यवस्थित गर्दै अर्जुनदृष्टि नै आउने निर्वाचनमा छ। स्थानीय निर्वाचनमा एमालेलाई खोटाङका दशैवटा पालिकामा जिताउने, प्रदेश र संघमा जिताउने अभियानमा लागिरहेका छौ।
नेकपा एमालेको फुटले जिल्लामा कस्तो असर गर्यो ?
नेकपा एमालेको जीवनमा यस्ता टुटफुटहरु भईरहेका छन्। जब–जब नेकपा एमाले बलियो हुन्छ, एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर देशीविदेशी शक्तिहरु लागिरहेका हुन्छन्। एमालेलाई २०५४ सालमा विभाजन गरेर सिध्याउने प्रयत्न भए, तर एमाले समाप्त भएन।
त्यो बेला (२०५४ सालमा) एमालेको जीवनमा ५ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसले एकादुई ईटा बाहेक केही झारेन र, अहिलेको यो विभाजन हैन, यसलाई विभाजन भन्न मिल्दैन, केही साथीहरुले एमाले परित्याग गरेर नयाँ पार्टी बनाउनु भएको छ। यो १ रेक्टर स्केलको भूकम्प पनि हैन, यसले केही धुलो बाहेक केही झारेन। र, हिजोभन्दा एमाले अरु थप बलियो भएको छ।
एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाकै स्वरुप यो हो। र, अहिले पनि माओवादी केन्द्रबाट एमालेमा प्रदेश, जिल्ला र स्थानीय तहका अधिकांश नेता कार्यकर्ता एमालेमा हुनुहुन्छ। नेकपा माओवादीवाट जितेका जनप्रतिनिधि पनि यो पार्टीमा हुनुहुन्छ त्यसकारण नेता तहमा माओवादी केन्द्रको ६० प्रतिशत नेताहरु एमाले हुनुहुन्छ। कार्यकर्ता तहमा पुग्दो त्यो ८०/९० को स्थितीमा छ।
अब हामी तुरुन्तै एमालेमा अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेमा सामेल गराउने अभियानमा लागिरहेका छौ। एमालेमा आउन चाहाने नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीका नेता कार्यकर्ता यो विचमा एमालेमा सामेल गरेका छौ। पार्टीले कार्यदल बनाएर काम गरिरहेको छ। यसलाई अझ घनिभूत हिसाबले एमालेमा सामेल गर्दै खोटाङमा एमालेलाई सबै राजनीतिक शक्ति एकातिर र एमाले मात्र एकातिर हुंदा पनि अरुको भन्दा सय केजी बढी ओजन हुने गरी एमालेलाई अघि बढाउने दिशामा हामी निरन्तर लागिरहेका छौ।
भनेको फुटले असर गरेको छैन ?
फुटको कुनै असर छैन। फुट हैन जुट भएको छ। हाम्रोमा चाँहि एकता भएको छ। माओवादी र एमालेविचको जुन हिजोको नेकपाको एकता थिए। त्यसैको निरन्तरता हो यो एमाले, अहिलेको नेकपा एमाले।
अब जिल्लामा नेकपा एससग एमालेको सहकार्य हुन सक्छ ?
अहिले सहकार्य हुैदन । हामीले त्यसलाई पार्टीको मान्यता दिएका छैनौ। त्यो पार्टी हैन, त्यो चाँहि विधी नियमहरु छलेर सत्ता गठबन्धन गर्नका निम्ति र अदालतको परमादेश जारी गर्न, जनमतबाट प्राप्त भएको जनादेशबाट प्राप्त भएको नेकपा एमालेको सरकारलाई विभाजन गर्न, अध्यादेश ल्याएर, त्यो पनि अनेकन तिकडमहरु अपनाएर । अहिले पनि संसदमा अवरोध कायम छ।
जुन पार्टी गठन भएको माधवकुमार नेपालको नेतृत्वमा त्यो पार्टी अबैधानिक छ। त्यसकारण त्यो पाटीसँग हाम्रो कुनै सहकार्य, सहमति, र्वार्ता, त्यो पार्टीको मान्यता हामी दिदैनौ।
बेतिथी,भ्रष्टाचार,बिकास निर्माण ढिलाइमा एमाले किन चुपचाप बस्छ ?
एमाले कसरी चुप बसेको छ। नेकपा एमाले भ्रष्टाचार विरोधी, बेतिथि बिरोधी पार्टी हो। त्यसकारणले अहिले सरकारले गरेका बेतिथिहरु छन्। त्यसका विरुद्ध एमाले शसक्त ढंगले बोल्छ।
हिजो सरकारले अघि सारेका जनप्रिय कामहरु यो सरकारले कटौती गरेको छ। धेरै सडकहरु गाउँपालिकाका केन्द्रसम्म जाने सडकहरुका लागि हिजो नेकपा एमालेले लोकप्रिय बजेट ल्याएको थियो। त्यो बजेट कटौती गर्ने जुन काम गरेको छ। र, विकास विरोधी चरित्र यो सरकारले देखाई रहेको छ।
कतिपय मन्त्रालयहरु विभाजन गरेर भागबण्डा पु¥याउने, काले–काले मिलेर खाउ भाले भनेजस्तो गरेका छन् अदालतलाई प्रयोग गरेर। आजसम्म दुनियाँको ईतिहासमा जनतावाट र संसदबाट सरकार बन्छ तर, हाम्रो देशमा अदालतबाट सरकार गठन गरिएको छ। त्यसकारणले सबै बेतिथिका बिरुद्ध, जे जति बेतिथि भएका छन्। म माग गर्न चाहान्छु सरकारलाई ‘भ्रष्टाचार, अनियमितता भएका छन् सरकारले तत्काल कारवाही गरोस, गर्दैन भने नेकपा एमाले बेतिथीका विरुद्ध अघि बढ्छ।’
स्थानीय निर्वाचन नजिकिदै छ । एमाले जिल्लामा कुन स्थानमा रहला ?
नेकपा एमाले पहिलो स्थानमा छदैछ। मैले अघि भने स्थानीय तहको निर्वाचनमा हामी दशैवटा पालिकाका सबै वडा ‘क्लीन स्वीप’ गछौ। आउने निर्वाचनमा।
कही पनि प्रतिपक्ष हुने छैनौ। र, प्रत्येक दश वटा स्थानीय तहका सम्पूर्ण ७९ वडामा नेकपा एमालेले आफ्नो झण्डा फहराउँछ। हामी यसमा एकदम विस्वस्त छौ, त्यो जनमत हामीसँग छ। त्यो हिसाबले हामी अघि बढीरहेका छौ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology