समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको ‘प्रदेश १ कांग्रेस अधिवेशन’बाट भूपेन्द्र राई महामन्त्रीमा विजयी भएका छन्।
सोमबार बिहान ३ :३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार राई ८२४ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन्।
राई देउवा–सिटौला प्यानलका साझा उम्मेद्वार उद्धव थापाको समूहबाट चुनावी मैदानमा उत्रेका थिए।
सातौ जिल्ला अधिवेशनबाट खुल्ला महाधिवेशनमा ६०४ तेश्रो मत ल्याउदै महाधिवेशन प्रतिनिधिमा विजयी भएका राई हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष हुन्।
यस्तै, पौडेल प्यानलका उमेश थापा ८२३ मत ल्याएर महामन्त्रीमा विजयी भएका छन्। यसैगरी, प्रदेश १ कार्य समिति सभापतिमा ८४४ मत ल्याएर उद्धव थापा सभापतिमा विजयी भएका छन्। देउवा–सिटौला प्यानलका थापाले पौडेल प्यानलका गुरुराज घिमिरेलाई २ मतले पछि पादै विजयी भएका हुन् । घिमिरेले २४२ मत प्राप्त गरेका थिए।
उपसभापतिमा टंक प्रसाद राई र रमेशजंग रायमाझी तथा सह–महामन्त्री महिलामा प्रमिला कुमारी गछदार, सह–महामन्त्री खुल्लामा खड्ग फागो र विनोदकुमार वस्नेत विजयी भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology