• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस १ नम्वर प्रदेश महामन्त्रीमा भूपेन्द्र राईको उम्मेद्ववारी घोषणा, को हुन राई ?

कांग्रेस १ नम्वर प्रदेश महामन्त्रीमा भूपेन्द्र राईको उम्मेद्ववारी घोषणा, को हुन राई ?


समायोजन खबर
  • शुक्रबार, मंसिर १७ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस १ नम्वर प्रदेशको महामन्त्री पदमा भूपेन्द्र राईले उम्मेद्ववारी घोषणा गरेका छन् । खोटाङका राईले कांग्रेसको सुदृढीकरण, शुद्धीकरण, रुपान्तरण र संघीयता कार्यान्वयनका लागि प्रदेशको महामन्त्री पदमा बसेर काम गर्न भन्दै उनले उम्मेदवारी घोषणा गरेको जानकारी दिए।

    आफू जित्नका लागि हैन नेपाली कांग्रेसलाई जिताउनका लागि प्रदेश अधिवेशनमा महामन्त्रीको उम्मेद्वारी रहेको राईले बताए। बलियो संगठन बनाउँदै आगामी निर्वाचनमा कम्युनिष्टलाई परास्त गर्न तथा अग्रजको अनुभव र युवाहरुको जोश जाँगरलाई संयोजन गर्दै पार्टीलाई मजवुत बनाउनका लागि उम्मेद्वारी दिएको राईको भनाइछ। उनी देउवा–सिटौला टिमको उद्धव थापाको प्यानलबाट महामन्त्रीमा उठ्ने भएका हुन।

    को हुन राई ?

    हालको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको निर्वाचित गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको जन्म २०३५ असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो।

    महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेवाट प्रवेशिका परीक्षा उतिर्ण गरे । प्रवेशिका परीक्षा उतिर्णसँगै राई विधार्थी राजनीतिमा सक्रिय भए।
    प्रवेशिका परीक्षा उतिर्णपछि उच्च शिक्षाका लागि शहर हिडेका राईले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौबाट विए, २०६२/०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरवाट इतिहास विषयमा स्नातकोत्तर सके। इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान पनि हाँसिल गरे।

    २०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाईको उपसभापति भएका उनी सोही वर्षमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बने। २०५७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाई सभापति भएका उनले त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए, २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर उनी पराजित हुन पुगे।

    नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विधार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला फर्के। पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रिय सभापतिमा उम्मेद्वारी पनि दिए । फलस्वरुपः निर्वाचित क्षेत्रिय सभापतिले पार्टीका विरुद्ध बागी उम्मेद्वारी दिएपछि भएको विशेष क्षेत्रिय अधिवेशनमा पनि क्षेत्रिय सभापतिका उम्मेद्वारी दिएका उनी जिल्ला कार्य समिति सदस्य बने र संगठन विभाग प्रमुख भएर जिम्मेवारी सम्हाले।

    छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भए। निकटतम प्रतिद्धन्द्धीलाई करीव १२ सय मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्ष बनेका राईले जिल्लाको हकमा सवैभन्दा वढी मत ल्याएका थिए। सातौ जिल्ला अधिवेशनमा अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका राईलाई खोटाङ कांग्रेसको गोल्ड मेडेलिष्ट पनि भनिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology