• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उद्धव थापा देउवा-सिटौला समूहबाट प्रदेश सभापतिको उम्मेद्वार

उद्धव थापा देउवा-सिटौला समूहबाट प्रदेश सभापतिको उम्मेद्वार


समायोजन खबर
  • बिहिबार, मंसिर १६ २०७८

  • उद्धव थापा

    समायोजन खबर, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन्।

    पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उमेदवारी दिने तय भएको हो। उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन्। नेपाली कांग्रेसलाई बदलिंदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकातान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उमेदवारी दिन लागेको थापाले बताएका छन्।

    वि. सं. २०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईबाट राजनीतिक जीवन शुरु गरेका थापा २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए। उनले वीपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए।

    कांग्रेसको झापा अर्जुनधारा गाउँसमितिको सचिव/सभापतिको हुँदै उनले झापा २ नं निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पुरा गरिसकेका छन्।

    वाणिजय शास्त्रमा स्नातक गरेका थापा थापा ज्ञानेन्द्र शाहको शाहीकालमा सेनाको युनिफाइड कमान्डद्वारा पक्राउ परी चारआली ब्यारेकमा बंकरमा थुनिएका थिए। प्रदेशमा कांग्रेसको भूमिका अझ स्पष्ट रुपमा अघि बढाउन र लोकतान्त्रिक शक्तिबीच सन्तुलन कायम गरी संघीय गणतन्त्र संस्थागत गर्न आफूले अझ भूमिका निर्वाह गर्ने थापा बताउँछन्। कांग्रेस प्रदेश १ को चुनाव यही शनिबार प्रदेश राजधानी विराटनगरमा हुँदैछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology