समायोजन खबर खोटाङ,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीले भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने भएको छ। शनिवार बिसन राईको अध्यक्षतामा बनेको ६५ सदस्यीय नगर कमिटीले जनचेतनामूलक तथा भ्रष्टाचार विरुद्ध महाअभियान सञ्चालन गर्ने भएको हो।
अहिलेको सर्वाधिक ठूलो रोग भनेको भ्रष्टाचार हो। आईतवार जिल्ला समन्वय समितिको हलमा पत्रकार सम्मेलन गर्दै नगर कमिटी अध्यक्ष राईले भने ‘भ्रष्टाचार निमुर्लनको अभियान आफ्नै पार्टीवाट सुरु गर्छौ, नियम, कानुन प्रक्रिया हुदै अख्तियारसम्म पुग्छौ, भ्रष्टाचार गरेको प्रमाण पुगेमा जो कोहीलाई कारवाही गराएरै छोड्छौ।’
यस्तै, संविधानले सुनिश्चित गरेका नागरिक हक अधिकारको रक्षार्थ राजनीतिक रुपले देशभक्त नागरिकलाई माओवादी केन्द्रमा संगठीत गर्ने अभियान सञ्चालन गर्ने, एमाले अध्यक्ष केपी ओली पात्र नभई जनघाती प्रवृत्ति भएको हुंदा यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने, प्रशासनिक काम कारबाहीमा हुने गरेका ढिलासुस्ती र अनियमिततालाई समाप्त पार्न नागरिक अभियानमा जोड दिने नगर कमिटीको भावि कार्ययोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
फरक तर मित्र शक्तिका रुपमा रहेका पार्टीहरुसँग सम्बन्ध सुधारका लागि पहल गर्ने, माओवादी आन्दोलनमा सहभागी भई बिचमा छुटेकाहरुलाई फेरी जोड्ने, नगरपालिकामा पहिलो पार्टी बनाउने गरी नीति तथा कार्यक्रम निर्माण गर्ने, यूवा, महिला र दलित समुदायलाई अवसरहरुमा विशेष प्राथमिकता दिने पनि नगर कमिटीको कार्य योजना रहेको अध्यक्ष राईले सुनाए।
यो नगरपालिकामा १ हजार ५८२ जना संगठित सदस्य रहेको र भर्खरै बनेको नगर कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र ५० प्रतिशत युवाको सहभागिता रहेको जनाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology