• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी हुन् खोटाङ कांग्रेसका १० खुल्ला महाधिवेशन प्रतिनिधि, रानाले ल्याए पहिलो मत

यी हुन् खोटाङ कांग्रेसका १० खुल्ला महाधिवेशन प्रतिनिधि, रानाले ल्याए पहिलो मत


समायोजन खबर
  • शनिबार, मंसिर ११ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनबाट १० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। निर्वाचन प्रक्रियाबाट सम्पन्न अधिवेशनबाट उनीहरु निर्वाचित भएका हुन्।

    शुक्रबार राती सम्पन्न मतगणना अनुसार खुल्ला महाधिवेशन प्रतिनिधिमा सवैभन्दा बढी पहिलो मत ल्याएर कांग्रेसका निवर्तमान सचिव इच्छुराम राना विजयी भएका छन् । रानाले ६४४ मत ल्याएका हुन्।

    यस्तै, पूर्व पार्टी सभापति तथा महासमिति सदस्य सुवास कुमार पोखरेलले दोश्रो मत ६१७ तथा पूर्व महाधिवेशन प्रतिनिधि तथा हालको दिप्रुङ चुईचुचम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले तेश्रो ६०४ मत ल्याएका छन्।

    यसैगरी, पूर्व पार्टी सभापति नरेशकुमार श्रेष्ठ, विरकाजी राई, रविप्रकाश राई, जितेन्द्र सिं ठकुरी, बिश्वनाथ निरौला, सुमनबाबु आचार्य र रुद्र गिरी खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    खुल्ला महाधिवेशन प्रतिनिधिका लागि जिल्लाबाट १० जनाको कोटा भएको भए पनि ३० जना प्रतिस्पर्धी थिए। जिल्लावाट महाधिवेशन प्रतिनिधि छनोट भएकाले कांग्रेसको १४ औ महाधिवेशनमा गएर नेतृत्व चयन गर्ने मौका पाउनेछन्।

    यस्तै, समावेशी महाधिवेशन प्रतिनिधि, समावेशी जिल्ला कार्य समिति, पालिका प्रतिनिधिको भने मत गणना भईरहेको जनाईएको छ। जिल्ला कार्य समिति सभापतिमा भने विष्णुकुमार राईको प्यानल नै विजयी भईसकेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology