समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा विष्णुकुमार राईको अग्रता कायमै रहेको छ।
१ हजार २ सय मत गणना हुंदा पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमारले अर्का सभापतिका उम्मेद्वार पूर्व पर्यटन तथा नागरिक उडयान राज्यमन्त्री सर्वधन राईलाई ६६ मतान्तरले पछि पारेको छ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्णुकुमारले ६१३ र सर्वधनले ५४७ मत ल्याएका छन्। विष्णुकुमारको प्यानलले अग्रतालाई कायम नै राखेको छ।
जम्मा १ हजार ३२२ मत मध्येमा अब १२२ मत गणना गर्न वाँकी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार राती मत गणनाका क्रममा दुई थरीको मतपत्र भेटिएको भन्दै सोही दिन राती १० वजेबाट स्थगित भएको मत गणना शुक्रबार मध्यान्ह १२ :५५ वजेबाट पुनः सुरु भएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology