समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको रोकिएको मत गणना पुनः सुरु भएको छ। रोकिएको मत गणना शुक्रबार मध्यान्ह १२ः५५ बाट कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा सुरु भएको हो।
दुबै पक्षविच मत गणनाका लागि सहमति भएपछि मत गणना सुरु भएको श्रोतले जानकारी दिएको छ।
बिहीबार राती मत गणनाका क्रममा दुई प्रकारको मतपत्र भेटिएको भन्दै सर्वधन राई पक्षले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि राती १० वजेपछि मत गणना स्थगित भएको थियो। दुई प्रकारको मतपत्र भेटिएको भन्दै राती पार्टी कार्यालयमा दुई पक्षविच धकेलाधकेल समेत भएको थियो।
हालसम्म ११ सय मत गणना हुंदा जिल्ला कार्य समिति सभापतिमा पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईको ५७१ मत आएको छ भने, सभापतिका अर्का उम्मेद्वार पूर्व पर्यटन तथा नागरिक उडयान राज्यमन्त्री सर्वधन राईको ४९१ मत आएको छ।
हालसम्म मत गणनाको नतिजा अनुसार विष्णुकुमार ८० मतान्तरले अघि छन्। उनको प्यानलले पनि अग्रता लिईरहेको छ। जम्मा १ हजार ३२२ मत मध्येमा अब २२२ मत गणना गर्न वाँकी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology